रामचन्द्र विक, रामेछाप
जिल्ला कारागार रामेछापले कार्यालयमा प्रयोग गरेको विद्युतको महसुल तिर्न नसक्दा विद्युत लाइन काटिने भएको छ । आर्थिक वर्ष २०७४÷०७५ र चालु आर्थिक वर्षको सुरु देखि नै हाल सम्म करिब ८ लाख बराबर विद्युत महसुल बुझाउन नसकेको कारण कारागारको लाइन काटिन लागेको हो ।
गत आर्थिक वर्ष देखिकै रकम बाँकी रहेको र बुझाउनको लागि अनुरोध गर्दा समेत महसुल नबुझाइएको कारण पत्रचार नै गरेर लाइन काट्नु पर्ने बाध्यता आएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताए ।
तत्काल बाँकी रहेको महसुल नबुझाए जुनसुकै समयमा पनि विद्युत लाइन काटिने जानकारी सहित कारागारलाई पत्रचार गरेको प्रमुख अधिकारीले वताए ।
उता जिल्ला कारागारमा बजेट नभएको कारण विद्युत महसुल बुझाउन नसकिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख प्रमोद अधिकारीले बताए । बजेट अभाकै कारण खानेपानी र औषधी लगाएतको विल समेत तिर्न नसकिएको अधिकारीको भनाई छ । विद्युतको लागि भनेर वार्षिक २ लाख र खानेपानीको लागि २ लाख मात्र आउने गरेकोले कार्यालयमा हुने खर्चको सबै रकम तिन नसकिएको कारागार प्रमुख अधिकारले बताए ।
कारागारमा विद्युत प्रयोग गरे बापत मासिक १ लाख र खानेपानीको ४५÷५० हजारको विल उठ्ने उनले बताए । कार्यालयमा खर्च अभाव भएको कुरा कारागार व्यवस्थापन विभागमा पटक–पटक जानकारी गराउँदा समेत सुनुवाई नभएको प्रमुख अधिकारीको भनाई छ । कारागारको समस्यालाई विभागले तत्काललै समधान नगरे कारागारमा ठूलो असर पर्ने प्रमुख अधिकारीले बताए ।











प्रतिक्रिया