गौरीले मनाइन् ५०औं जन्मदिन

0
Shares

नेपाली फिल्म क्षेत्रमा अभिनयकी खानी भनेर चिनिने नायिका गौरी मल्लका लागि यसपालिको माघे संक्रान्ति विशेष बन्न पुग्यो। किनभने मंगलबार उनको जन्मदिन हो।

उनले यसपालिको आप्mनो ५०औं जन्मदिन घरनजिकै रहेको हेरचाह नामक संस्थामा रहेका बालबालिकासँग रमाइलो गरेर मनाइन्। व्यस्त तालिकाका बीच केही समय निकालेर अनाथ बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गर्दै आफ्नो जन्मदिनलाई विशेष बनाउनुमा नै आनन्द मान्ने गौरीले आफ्ना पिताको निधनको एक वर्ष नपुगेका कारण केक भने काटिनन्।

‘बिहानै लक्ष्मी श्रेष्ठ (नृत्यांगना) दिदीले फोनबाट पहिलो शुभकामना व्यक्त गर्नुभयो। त्यसपछि नृत्य निर्देशक वसन्त श्रेष्ठ दाइले शुभकामना व्यक्त गर्नुभयो। ‘बिहान मुमा र म नजिकैको हेरचाह भन्ने संस्थामा गएर त्यहाँका बच्चाहरूलाई खाद्यान्न आदि दिएर मनाइयो’, गौरीले सुनाइन्– ‘मेरो बुबा स्वर्गीय हुनुभएको एक वर्ष नपुगेकाले केकचाहिँ काट्दिनँ। पहिले पहिले सानोमा बुबा मुमाले चिना देखाई पँजापाठ गरेर टीका लगाइदिई जन्मदिन मनाइदिनुहुन्थ्यो।

केक काट्ने चलन अलि पछि मात्र आएको हो। पछिपछिचाहिँ केक काट्ने, साथीहरूसँग ग्यादरिङ गर्ने गरेर जन्मदिन मनाइन्थ्यो। तर पछिल्लो समयचाहिँ त्यसरी बर्थडे मनाउँदा सबै साथीभाइको समय म्यानेज गर्न पनि गाह्रो हुन्छ। ग्यादरिङ पार्टी राखेर बर्थडे मनाउनुभन्दा आश्रममा गएर वृद्धवृद्धा तथा बालबालिकासँग मनउँदा नै आनन्द मिल्छ। उमेरअनुसार पनि सोच र रहर बदलिँदै जान्छ।’ गौरीले सम्झिइन्– ‘केही समय पहिला नारायण पुरी भाइ नेपाल हुँदा विभिन्न वृद्धाश्रममा गएर त्यहाँका आमाबुबासँग मनाइन्थ्यो। नारायण भाइको १४ र मेरो १५ तारिख बर्थ डे पथ्र्यो। त्यसैले हामी एकै दिन त्यसरी मानाउने गथ्र्यौं। तर नारायण अमेरिका बस्न थालेपछि भने त्यसमा अलि कमी आएको छ।’

विशेष गरी फँल र परफ्युम मन पराउने गौरीले साथीभाइ र आफन्तबाट धेरै पाउने बर्थ डे गिफ्ट पनि यिनै हुन्। ‘मलाई नजिकका आफन्त तथा साथीभाइले मेरो फेवरेट परफ्युम र फ्लावर हो भन्ने थाहा भएकाले यस्तै गिफ्ट दिनुहुन्छ। अरूले त जे दिनुभए पनि लिन्छु। हिजोआज मैले गिफ्ट पनि नल्याउनु भन्ने गरेको छु। किन बेकारमा झन्झट गर्ने भनेर।’ –उनले सुनाइन्। परफ्युम आफँलाई मन पर्ने र सबैभन्दा बढी पाएको उपहार भए पनि एकपटकचाहिँ स्ट्रङ फ्लेवरको परफ्युम उपहार पाएकाले आफँले प्रयोग नगरेको सम्झिन्छिन् उनी।

‘करिब १५÷१६ वर्षअघि मैले एक जना साथीबाट परफ्युम गिफ्ट पाएको थिएँ। तर पहिलो पटक प्रयोग गरेपछि नै स्ट्रङ भएकाले मलाई साइड इफेक्ट नै ग¥यो। त्यस कारण त्यो परफ्युम युज गरिनँ, स्ट्रङ फ्लेवर मन पर्ने अर्को साथीलाई दिए।’ –उनले सम्झिइन्। आफ्नो जन्मदिनका क्रममा साथीभाइ तथा आफन्तले सरप्राइज मनाइदिने बर्थडेलाई विशेष रूपमा गौरी लिन्छिन्। ‘जापान हुँदा सितु दिदीले मनाइदिने बर्थडेहरू स्पेसल लाग्छन्। यस्तै अमेरिकामा रहँदा पनि साथीहरूले सरप्राइज सेलिब्रेसन गरिदिनुहुन्थ्यो।

ती बर्थ डेहरू पनि अविस्मरणीय लाग्छन्। आफँ व्यस्त भएर जन्मदिन पनि बिर्सिरहेका बेला फ्यामिली तथा फ्रेन्ड्सहरूले सरप्राइज सेलिब्रेसन गरिदिँदा रमाइलो र यादगार पलहरू बिर्सन सकिँदैन।’ –उनी भन्छिन्। अहिलेसम्म मैले जन्मदिनमा मास्टर प्लान बनाएर चल्ने गरेको त छैन, तर भइरहेको र गरिरहेको कामलाई अझ राम्रोसँग गर्दै लाने गर्छु।’ –गौरी भन्छिन्।