अछाममा ५ बर्षीया बालिका बलात्कृत

0
Shares

अछाम (नेस) । अछामको साँफेबगर नगरपालिका ३ का एक ५ बर्षीया वालिका वलाकृत भएकी छन । साँफेबगर नगरपालिका ३ बस्ने ५ बर्षीया बालिकालाई कैलालीको कैलारी गाँउपालिका –४ का सोम बहादुर बस्नेतले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बालिकाको घरमै डेरा गरी बसेर लेवर काम गर्दै आएका उनले घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेको बताइएको छ । पुस २९ गते बेलुका ८ बजे बलात्कार गरेको सुचना पाएपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पीडकलाई करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत अछामबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनु भयो ।