काठमाडौं (नेस) ।
पछिल्लो पटक विवादमा तानिएका बोधि श्रवण धर्म संघले तपस्वी रामबहादुर बम्जन विरुद्ध कुनै उजुरी नपरेको जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले भन्नुभयो–बलात्कार, हत्याजस्ता आरोप लागे पनि बम्जन निर्दोष हुनुहुन्छ ।
संघले आश्रममा आउने भक्तजनहरूको अभिलेख राख्ने नगरेको जीकिर गर्दै उहाँले हराएका भनिएकाको पनि संघमा अभिलेख नरहेको बताउनुभयो ।
मान्छे हराएको र हत्या आरोपबारे सरकारले अनुसन्धान गरिरहेकोले छिट्टै सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभयो ।
बम्जनप्रति आरोप लागे पनि धर्म अभियान आफ्नो ढंगले अगाडि बढ्ने जनाउँदै संघले पितृमोक्ष र विश्व शान्तिका लागि यही माघ ३ देखि ६ गतेसम्म सिन्धुलीस्थित आश्रममा विश्व शान्ति पुजा गरिने जानकारी दिएको छ ।











प्रतिक्रिया