डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

0
Shares

गणेश घिमिरे, इलाम । केसीलाई डाक्टर गोविन्द केसीको सोह«ौं सत्याग्रह सातौदिन पनि जारी रह्यो । सत्याग्रहमा बस्नुभएका डा केसीको स्वास्थ्य थप जटिल बन्दै गइरहेको इलाम अस्पतालका डाक्टरले बताएका छन् । डा केसीको उपचारमा संलग्न डाक्टर विजेन्द्र कुमार शाहका अनुसार केसीलाई टाउको–पेट दुख्ने, माङसपेशिका दुखाई बढ्नुका साथै सास फेन समेत गाह«ो भएको छ । उहाँको दाँया फोक्सोमा निमोनिया भएको छ ।

मुटुको चाल अनियमित ढंगबाट घटेर ३५ र बढेर २ सय पुग्न थालेकोले भइरहेकाले तत्काल आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि यो सेवा इलाम अस्पतालमा भने नभएको डा शाहको भनाई छ ।

डा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशत सम्म पुग्न थालेको बताइएको छ । रागसंग लड्ने क्षमता घट्दै गएको छ भने, बोल्दा आवाज हराउने समस्या आएको छ । केसीको स्वाथ्इमा गम्भिर समस्या आउन थालेपछि उहाँलाई सोमबार बिहान इलाम अस्पतालमा भर्ना गरीएको थियो ।

रगतमा संक्रमण रोक्न ऐन्टिबायोटिक प्रयोग गर्न अनुरोध गरे पनि केसीले अस्विकार गर्दै आउनु भएको थियो तर मंगलबारबाट आइभि एन्टिबाइटिक भने उहाँकै सहमतिमा प्रयोग गर्न थालेको डाक्टर शाहले जानकारी दिए । शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी राष्ट्रिय चिकित्सा विधेयकलाई माफियामुखी बनाउन लागेको भन्दै सत्याग्रहमा बसेका हुन्। डा. केसीसँग सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएपछि केसीले गत २५ गतेबाट सत्याग्रह सुरु गरेका हुन् ।