मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको माहाकाली नगरपालिकाका विभिन्न सामुदायिक बनमा हुलेर राखेका छाडा चौपाया मर्ने संख्या बढ्दै गइरहेको छ । चौपायाका लागि उचित आहार र बासस्थान नहुँदा चौपाया मर्न थालेका हुन् । चौपाया व्यवस्थापनका नाममा बजेट कुम्ल्याउने खेल खेल्दै नगरपालिकाको कमजोरी गर्दा चौपाया धमाधम मर्न थालेका हुन् । व्यवस्था बिना सामुदायिक वनमा रहेका गाई गोरु हुले पछि आहारा र चिसोले कठ्याङ्रिएर मर्न थालेका हुन् ।
हुलका हुल चौपायालाई सामुदायिक बनमा तारवार गर्दै आहारका लागि अलिकती पराल बाहेक अन्य केहि नराख्ने गरेको पाइएको छ । चौपायाहरु भने के–कति संख्यामा मरे भन्ने यकिन बिवरण नभएको स्रोतले बताइएको छ । उसो त कति चौपायालाई व्यवस्थापनका नाममा सामुदायिक वनमा ठेलिएको हो, उक्त बिवरण समेत नगरपालिका संग पनि छैन् । ईन्द्रा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हुलेका करिब ६० चौपाया आहारा र बासस्थानको कारण बिरामी भएर मरेको स्थानीयले बताए । छाडा चौपाया ब्यवस्थापनको नाममा सामुदायिक वनमा हुलेका चौपायाहरुको अवस्था दिनदिनै नाजुक हुँदै गएको छ ।
स्थानीयका अनुसार ‘पहिले जति धेरै गाई पालिन्थे त्यतिनै धेरै धनीमा गनिन्थे । दूधका लागि र खेतीपातीमा प्रयोग गर्ने मल बनाउन धेरै गाई पाल्ने चलन थियो, तर हाल समय फेरिएको छ । सहरमा मात्रै होइन बस्ती घरमा पनि गाई पाल्न छोडिएको छ । निःशुल्क दिए पनि कोहि लिन तयार छैनन् ।’
तिहारमा गाईलाई लक्ष्मीका रुपमा पूजा गरिन्छ । राष्ट्रिय जनावर गाईलाई नै मानिएको छ । मर्नु अघि वैतरणी तर्न गाईकै पुच्छर समाउने हिन्दु परम्परा छ । विवाहमा दान गर्ने चलन थियो, तर त्यहि गाई गोठबाट खेदिएका छन् । छाडा भएपछि किसानका अन्नबालीमा नोक्सानी हुन थाल्यो । ‘जताजतै लखेटा लखेट छ’ स्थानीयबासी खेम बहादुर थापा भन्छन् ।
जंगलमा लगेर छाडिए पनि बस्तीमा बसेको बानिले फेरि फर्किने गरेका छन् । पहिले गाई पाल्दा किसानले गौरव गर्थे । धार्मिक कारणले पनि सम्मान जनाउथे । पहिले एउटै घरमा सय भन्दा बढी गाई पालिन्थे ।
‘हिन्दु धर्मको लक्ष्मी र राष्ट्रिय जनावरको सम्मान हुनु पर्नेमा बालीनाली खाइदिएको भन्दै धारिलो हतियारले काटिएका छन ।’ स्थानीय भुपेन्द्र ओली बताउछन् । माहाकाली नगरपालिका कार्यालयले छाडा चौपाया खानपानको लागि गर्दै आएपनि एक खोरमा रहेका गाई गोरुले केही घण्टामा एक ट्रली पराल खाईदिने हुँदा खानपानको लागि ब्यवस्थापन गर्ने पदाधिकारीहरुलाई पनि पराल खोज्नैमा दिन बित्दै आएको बताउदै आएका छन् ।
माहाकाली नगरपालिका कार्यालयले गत वर्ष दशै वडाको लागि चौपाया ब्यवस्थापन गर्ने भन्दै १० लाख र यस आर्थीक वर्षमा ४० लाख छाडा चौपाया ब्यवस्थापनको निम्ती रकम छुट्याएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ । माहाकाली नगर क्षेत्रमा माहाकाली नगरपालिका कार्यालय छाडा चौपाया ब्यवस्थापनको नाममा सामुदायिक नाममा हत्या भइरहेको जनगुनासो आउन थालेको छ ।











प्रतिक्रिया