बाढीपीडितलाई सिरक

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर
अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले सुर्खेतका बाढी पीडितलाई फाइवर सिरक सहयोग गरेकी छन् ।

जाडोले गर्दा समस्यामा परेका २६ घर परिवारलाई उनले सिरक सहयोग गरेकी हुन । बीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेका १७ परिवार र भेरीगंगा नगरपालिकाको पाँडुलेमा रहेका ९ घर विस्थापितलाई सिरक सहयोग गरेकी हुन ।

विस्थापित शिविरमै पुगे जयन्तीका वुवा धर्मजंग थापा र आमा पार्वती थापाल बाढी पीडितलाई सिरक हस्तान्तरण गरेका छन ।

महिला प्रशिक्षण केन्द्रमा रहेका बाढीपीडित शेरबहादुर नेपाली, बीरबहादुर नेपाली, महिसरा थापा, बिमला नेपाली लक्ष्मी नेपाली, नरबहादुर रोकाय, चन्द्र थापाले सिरक पाएका छन ।

तारा थापा, तुलबहादुर सुनार, कालिबहादुर शाही, काली शाही, बलबहादुर नेपाली, हरी सिँह, गोपाल नेपाली, विष्णु नेपाली, जयबहादुर योगी र मनबहादुर योगीले पनि फाइवर सिरक पाएका छन ।

यस्तै पाँडुले बाढीपीडित बस्तीका झुपिसरा डाँगी, सिताराम सुनार, अमृत विक, धनकुमारी खत्री, देउरुपा कामी, दुर्ग बहादुर सुनार, शुसिला विक र खगिसरा सुनारको परिवारलाई सिरक वितरण गरेका हुन् ।

जाडोले निकै दुख पाएको बताउने विस्थापितले सिरक पाएपछि खुशी व्यक्त गरेका छन् । बाढी पीडितलाई चिसोले समस्या भइरहेका बेला सहयोग पुगोस भनेर सिरक वितरण गरिएको जयन्तीका बुवाले बताए ।

२०७१ साल साउन महिनामा आएको बाढीवाट विस्थापीति भएका ९ सय भन्दा बढी घर परिवार विस्थापित अहिले पनि विभिन्न अस्थायी शिविरमा वस्दै आएका छन ।