स्थानीय तह बारुणयन्त्र विहीन

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडीका ८ स्थानीय तह बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । १० स्थानिय तह रहकोमा मेलौली नगरपालिका , पुर्चौडी नगरपालिका , दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा दमकल छैन ।

आकस्मिक रुपमा आगलागी हँुदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ ।

दमकल अत्यावश्यक भएपनि बजेट अभावमा यो बर्ष खरिद गर्न नसकेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर बहादुर विष्टले बताए । यो बर्ष खरिद गर्न नसकिएको भएपनि अगामाी बर्षका बजेटमा दमकल किन्नको लागी बजेट विनीयोजनको लागी पहल थालिने उनले बताए। जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा भने दमकल रहेका छन् ।

नगरपालिकामा दमकल भएकोले आगलागी हुँदा पनि ठुलो क्षती हुनबाच बच्न सजिलो भएको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दको भनाई छ । आगलागीबाट बर्षेनी ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा दमकलले सहयोग पर्याएको उनले बताए ।

अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीवाट ठुलो क्षती समेत व्यहोर्नुपरेको छ । दमकल खरिदका लागी बैतडीका सबै स्थानीय तहहरुका प्रमुखहरुलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । अत्यावश्यक चिजबस्तुका खरिदका लागी पनि यहाँका स्थानीय तहका जनप्रतिनिधी उदासीन भएका नागरिकको आरोप रहेको छ ।बैतडीका ४ नगरपालिका ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।

 

डोटीका स्थानियतहमा पनि दमकल छैन

सुदूरपश्चिम प्रदेशको नौ वटा स्थानिय तह रहेको डोटी जिल्लाका ८ स्थानियतह बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक सबै स्थानिय तहमा दमकल बिहिन रहेका छन् ।
जिल्लाका शिखर नगरपालिका,केआईसिंह गाउँपालिका,जोरायल गाउँपालिका,बोगटान गाउँपालिका,बडिकेदार गाउँपालिका,पुर्विचौकी गाउापालिका,सायल गाउँपालिका तथा आदर्श गाउँपालिकामा दमकल नै छैनन् । आकस्मिक रुपमा आगलागी हुँदा आगो निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको स्थानियबासीहरु बताउछन् । गाउँपालिकाहरुले अत्याबस्यक चिज दमकल किन्नुको साटो बरु डाँडा काँडा भतकाउनका लागि डोजर किन्ने होडबाँजी गरीरहेको बोगटान गाउँपालिकाका स्थानिय रमेश बुढाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गाउँपालिकाका अध्यक्षहरु अत्याबस्यक चिज किन्नुको साँटो सकड बनाउने नाममा डाँडा काँडा भत्काउने डोजर किन्दैछन्,सामान्य आगलागि भए ठुलो क्षती हुने छ ।’ उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बजेट अभावमा दमकल किन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘दमकल किन्ने योजना बनाएका छौ तर बजेट अभाब हुँदा किन्न सकेका छैन,केहि बर्षमै दमकल पक्का आउने छ ।’ जिल्लाका अधिकांस स्थानिय तहका जनप्रतिनिधीहरु गाउमा खासै दमकलको आवस्यक्ता नदेखिएकाले दमकल नकिनेको दाबी गर्दै आएका छन् । उहाँहरु भन्नुहुन्छ,‘कतिपय गाउँमा सडकनै पुगेका छैनन् दमकल किनेर के काम बरु डोजर किने त सडक खनिन्छ र बाटो पु¥याईन्छ ।’