नेपाल समाचारपत्र, ललितपुर
मंगलबार ललितपुरको मानभवनमा आयोजित एक कार्यक्रम अलि भिन्न रहयो ।कार्यक्रमका प्रमुख अतिथि नै दुई जना थिए । यसले सो कार्यक्रम अन्य भन्दा भिन्न देखिएको थियो ।
शेयर एण्ड केयर नेपालको २५ औं वार्षिक सभामा दुई जना व्यक्तित्वलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो ।उहा“हरु वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी हुनुहुन्थ्यो ।
कार्यक्रममा दुवैै जनाले पालैपालो प्रमुख अतिथिको हैसियतमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेका थिए । थाईल्याण्डमा हालै भएको १० औं बडिविल्डङ एण्ड फिजिक स्पोट्स फेडेरेशन च्याम्पियनशीपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई भने प्रमुख अतिथीद्वयले सम्मान – पत्र प्रदान गर्नुभयो ।
त्यसैगरी कयेर नेपालका संस्थापक अध्यक्ष रमेशकुमार खड्काको अनुभवलाई समेटिएर लेखिएको कायापलट र विभिन्न व्यक्तिहरुको जीवन परिर्वतन भएको पुस्तक रुपान्तरणको लोकार्पण पनि दुवै जना प्रमुख अतिथिले गरेका थिए ।
सो अवसरमा विन्दु घलान, पुण्यप्रसाद पोखरेल, मारमाला तामाङ्गलाई मोटिभेसनल बास्केट फण्ड( बीउ पू“जी) प्रदान गरिएको थियो ।
समाज रुपान्तरणमा प्रेरक व्यक्तित्वका रुपमा गिरिजा भट्टराई, राक्सिराङ गाउ“पालिकाका उपप्रमुख निर्मला हिम्डुङ, दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङ्गलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाका सहयोगीहरुमा गणेशभक्त सितिखु, रमेशमान महर्जन, यक्षकुमार बस्नेत, कृष्णहरी थापा, घोष्टराईटर कमल ढकाल, कयेर नेपालका निर्वतमान अध्यक्ष नवाङ्गसिहं गुरुङ्गलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथिद्वय जोशी र रेग्मीले संस्थाले विभिन्न क्षेत्रमा पिछडिएका, विपन्न व्यक्तिहरुको रोजगारी, क्षमता विकास जीवन सुखीसंग बा“च्ने लगायत क्ष्ँेत्रमा गरेको कार्य सबैका लागि प्रेरणादायी रहेकोमा केन्द्रीत गर्दै आ आफ्नो भनाई राख्नुभयो ।
सो अवसरमा केयर नेपालका अध्यक्ष डा. ओम रानाले समुदायको रुपान्तरण, गरिबी तथा विपन्न वर्गको जीवन सुधार र क्षमता विकास कार्यमा सबैको सहयोग, सद्भावले २५ वर्षको यात्रा सुखद भएको बताउनुभयो ।











प्रतिक्रिया