विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा मंगलवार एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दोगडाकेदार १ कुम्तडीका ३४ बर्षीय देवराम भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।
सोमबार राती स्थानीय खौलाबजारवाट घर फर्केका भुल मंगलवार बिहानसालीचौर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
मृतकको शव स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएसंगै प्रहरी निरीक्षक बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
भुलले मादक पदार्थ सेवन गरेकाले भिरवाट लडेर मृत्यु भएको भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतकको शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
मृतकका २ श्रीमती र ९ छोराछोरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।











प्रतिक्रिया