१३ लाखको अवैध कपडा बरामद

0
Shares

हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटांैडा–४, नन्दस्थान रोडस्थित सडकखण्डको किनारमा भन्सार छली लुकाइराखेको अवस्थामा अवैध कपडा बरामद गरेको छ ।
प्लास्टिकका ७ वटा बोराभित्र साडी, कुर्ता र कोटलगायत करिब १३ लाख मूल्यबराबरका कपडा फेला पारी भन्सार कार्यालय बीरगञ्ज पठाइएको र उक्त कपडा कसको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक मधुकुमार थापासमेतको टोलीले मंगलबार दिउँसो करिब साढे १ बजे कपडा बरामद गरेको हो ।