कांग्रेसभित्रको व्यवस्थापकिय कमजोरीले कम्युनिष्ट बढेः काँग्रेस नेता महत

0
Shares

धनवीर दाहाल, रुकुम ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व अर्थमन्त्री डा. रामशरण महतले काँग्रेस भित्रको व्यबस्थापकिय कमजोरीले गर्दा कम्युनिष्ट बढेको बताउनुभयो । कांग्रेसकै कमजोरीले कम्युनिष्ट अझै पनि बढीरहेको भन्दै पार्टिले आत्म समिक्षा गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । काँग्रेसलाई पुरानै शक्तिमा फर्काउन राजनैतिक, सामाजिक, आर्थिक तथा हरेक हिसाबले लागिपर्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस रुकुमले चौरजहारीमा आयोजना गरेको हरिभक्तओलीको २० औं स्मृति सभामा बोल्नुहुदै पूर्व अर्थमन्त्रि समेत रहनु भएका नेता महतले दुई तिहाईको दम्भले सरकार मात्तिएको बताउनुभयो । उहाँले नाराले मात्र सुखका कुरा गर्ने तर जनतालाई दुख दिन अहिलेको सरकार लागि परेको आरोप लगाउनुभयो ।

सरकारले जथाभाबि कर लगाएको, भ्रष्टाचार गरेको, भ्रष्टाचारीलाई संरक्षण गरेर कानुनको बर्खिलाप गरेको आरोप महतको छ । नेपाली काँग्रेसका नेता तथा तत्कालिन जिविस सभापति हरिभक्तओलीको हत्याभएको दिनको अवसरमा काँग्रेसले स्मृति सभा आयोजना गरेको काँग्रेस रुकुमले जनाएको छ ।