धनवीर दाहाल, रुकुम ।
हरिभक्त स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार गणेश बि.क पुरस्कृत भएका छन् । मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित शहीद हरिभक्त ओलीको २० औं स्मृति सभामा पत्रकार बिकलाई हरिभक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
लोकतन्त्रको पक्षमा पत्रकारिताको क्षेत्रबाट गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको प्रेस युनियन रुकुमले जनाएको छ । यसैवर्षदेखि सुरु गरेको पत्रकारिता पुरस्कार प्रत्येक वर्ष हरिभक्त स्मृति सभाको अवसरमा प्रदान गरिने प्रेस युनियन रुकुमका सचिव लोकेन्द्र खनालले बताए । पत्रकार बिकलाई सम्मानपत्र सहित नगद रकम १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका नेता हरिभक्त ओलीको २०५६ साल माघ १ गते तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएको थियो । पुरस्कृत पत्रकार बि.क नागरिक दैनिकमा कार्यरत छन् ।











प्रतिक्रिया