बारा ।
लागूऔषध मुद्धाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(८ बस्ने ४५ वर्षीय असर्फि साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६९ जेठ २४ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा साहलाई ६ महिना कैद र २ हजार जरिवाना तोकिएकोमा फरार रहेका थिए ।
ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी साहलाई पक्राउ गरेको हो । साहलाई कैद भुक्तानीको लागि बीरगंज कारागारमा पठाइएको छ ।











प्रतिक्रिया