टेलिकमको लाभांश पारित

0
Shares

काठमाडौं, (नेस) नेपाल दँरसञ्चार कम्पनीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रतिशेयर ५५ रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले आर्थिकवर्ष २०७४÷७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४÷७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाइ पनि पारित गरेको छ ।

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७५÷७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेण्ट अच्युतराज जोशी र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।