बहुआयामिक सहकारीको १०औं साधरणसभा सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

संस्थाले चालँ आर्थिक वर्षमा करिब ३६ लाख ३८ हजार रुपियाँ नाफा गर्न सफल भएको छ । गत आर्थिक वर्षमा करिब ३७ लाख रुपियाँ नाफा गरेको थियो । समीक्षा अवधिसम्म करिव ३५ लाख बढी मुनाफा आर्जन गरेको छ ।

एक हजारभन्दा बढी शेयर सदस्य रहेको संस्थाको चालँु आर्थिक वर्षमा हालसम्म १ करोड ६५ लाख रुपियाँ शेयर पुँजी रहेको छ । संस्थाले निक्षेप संकलन करिब १३ करोड रुपियाँ संकलन भएको छ । यस आर्थिक वर्षको बचत ४४ प्रतिशतले वृद्धि भएको छ ।