हस्तकला महासंघमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)
नेपाल हस्तकला महासंघको नवनिर्वाचित कार्यसमितिले सोमबार पदभार ग्रहण गरेको छ । शनिबार सम्पन्न ३५औं अध्यक्षमा सुरेन्द्रभाई शाक्य निर्वाचित हुनुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (उद्योगतर्फ) सनम शाक्य, उपाध्यक्ष वाणिज्यतर्फ रवीन्द्र शाक्य, उपाध्यक्ष (जिल्ला तथा वस्तुगत) तर्फ दीपेन्द्र शाक्य रहनुभएको छ ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा सुनिल चित्रकार र व्यक्तिगत उपाध्यक्षमा राजमान बज्राचार्य रहनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा किरणबहादुर खड्गी, मोहनकृष्ण मानन्धर, सुनीता श्रेष्ठ, चुन्दादेवीसिंह लामा, हिरा भट्टराई, सावित्रीसिंह महर्जन, राजेन्द्र शाक्य, विक्रमसिंह महर्जन, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, प्रदीप शाक्य, उपेन्द्र बाराही, सुदन शाक्य र सुविन शाक्य हुनुहुन्छ ।