सल्यान (नेस) । सल्यानका चार क्याम्पसले पहिलो पटक एकसाथ एमएड कक्षा सञ्चालन गरेका छन् । जिल्लाको जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस श्रीनगर,शारदा क्याम्पस शंखमुल र सल्यान बहुमुखी क्याम्पस खलंगामा एक साथ एमएड कक्षा सञ्चालनमा आएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेमेस्टर प्रणालीमा शिक्षा शास्त्र संकायमा डिग्री कक्षा सञ्चालन भएको जनकल्याण क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम प्रकाश शर्माले जानकारी दिए ।
यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाई नभएका कारण बाह्रय जिल्ला तथा शहरमा जानु पर्ने वा पढाई रोक्न बाध्यता भएको अवस्थामा जिल्लामै पहिलो पटक एमएड कक्षा सञ्चालनमा ल्याएको शर्माले बताए ।
नोकरी लगायतका बाध्यतावस जिल्ला बाहिर गएर उच्च शिक्षा हासिल गर्न बञ्चित भएकालाई जिल्लामै उच्च शिक्षा अध्ययन गर्न सहज भएको सल्यान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र बहादुर बस्नेतले बताए । शिक्षा शास्त्र संकाय अन्र्तगत नेपाली शिक्षा, इ.पि.एम लगायतका विषयमा अध्ययन हुने बस्नेतको भनाई रहेको छ । आफ्नै गाउँठाउँमा डिग्री कक्षा सञ्चालन हुने भएपछि विद्यार्थीहरु खुशी भएका छन् ।











प्रतिक्रिया