छोरा हत्या गरेको आशंकामा आमा पक्राउ

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानमा आफ्नै छोरा हत्या गरेको आशंकामा आमा पक्राउ परेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ४ झिम्पे निवासी एक महिलालाई आफ्नै छोराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

चार वर्षिय छोरा समिर खत्रीको हत्या गरी घर नजिकै गाडेको शंकास्पद खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीको नेतृत्व घटनास्थलमा पुगी शव उत्खनन् गरेको थियो । गाडेको शव उत्खनन् गरी पोष्टमार्टममा लागि जिल्ला अस्पतालमा राखिएको र आइतबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

छोरोको हत्याको आशंकामा आमालाई नियन्त्रण लिई अनुसन्धान गरी रहेको प्रहरी प्रमुख शाहीले बताए । थप अनुसन्धानका लागि जिल्ला अदातलमा म्याद थपका लागि आग्रह गरेको उनको भनाई छ ।