मन्त्रीलाई कारबाहीको माग राख्दै ज्ञापन

0
Shares

दार्चुला(नेस)। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई कडा कारबाहीको माग राख्दै नेपाल निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाले प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारको गृह मन्त्रालयलाई ज्ञापन बुझाएको छ ।

कर्मचारीहरु हातमा कालोपट्टी बाधि आन्दोलित भएका छन् । मन्त्री यादवले प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गरेका थिए ।

सचिव माथि मन्त्रीले गरेको निर्घात कुटपिटको घटनालाई लिएर नेपाल निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाले ज्ञापन मार्फत सरकारलाई ध्यानाकर्षण समेत गराइएको छ । कर्मचारी माथि डर, धम्की, कुटपिट तथा ज्युज्यानकै जोखिम बढेको भन्दै कर्मचारीहरुले संघीय सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।