बासुधारा मकर संक्रान्ती मेलाको कलश यात्रा शुरु

0
Shares

विमल बिष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडानम्वर ३ मा रहेको गंगा सेती र गोदावरी नदिको संगम स्थलमा बासुधारा शिवालय तीर्थ स्थलमा लाग्ने मेलाको सोमबार दिउसो कलश यात्रा शुरु भएको छ । दिपायल स्थित बासुधारा बाट निकालिएको उक्त कलश यात्रा दिपायल,बजार,एअरपोर्ट,पिपल्लाबजार,पुलबजार हुदै पुन बासुधारामा गएर सकिएको थियो ।

उक्त कलश यात्रामा देल्पेश्वर माबीका बिद्यार्थी,स्थानिय भक्तजा तथा सादु शन्तहरुको सहभागिता रहेको थियो । आज सोमबार राती उक्त मन्दिरमा सुदूरपश्चिमेली डेउडा खेल हुने तथा भोलि बिहान माघ १ गते भब्य रुपमा मकर मेला लाग्ने भएको छ ।

मेलाका लागि सम्पुर्ण तयारी सहित सोमबार दिउसो कलश यात्रा निकालिएको दिप्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेलाको सम्पुर्ण तयारी पुरा भई कलश यात्रा निकालेका छौ,रात्री बाट भव्य मेला लाग्ने छ ।’

भारतको हरिद्वार भन्दा पुरानो तिर्थ स्थलको रुपमा रहेको बासुधारा प्रचार प्रसार अभावका कारण अहिले पछाडी परेकाले यसको ऐतिहासिक महत्व झल्काउने उद्देश्यले मकर संक्रान्ती महास्नान मेलाको आयोजना गरिएको समेत दिप्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताउनु भयो ।
प्रचार प्रसार अभाबका कारण यो क्षेत्रको महत्व तथा अन्य पौराणिक कथाहरु वाहिर आउन नसकेकोले यस क्षेत्रको विकास र प्रर्वद्धनमा थप सहयोग पुगोस भन्ने हेतुले मकर मेलाको सुरुवात गरिएको डोटी उधोग बाणिज्य संघ डोटीका महासचिव दिपक बहादुर खडकाले बताउनु भयो । उहाँले भन्नु भयो ‘यसको ऐतिहास वयान गर्न नसकिने छ,यो ठाउमा स्नान गर्दा मनले चिताएको धेरै कुरा पुरा हुने गर्दछ ।’

पौराणिक अभिलेखका अनुसार मकर सक्रान्तीका दिन बाईस धारा उत्तर बाहिनि सीता क्षेत्रमा स्नान र पितृकार्य गर्दा मनोकामना पूरा हुने जन बिश्वास रहेको समेत महासचिव खड्काले बताउनु भयो । महास्नान मेलामा रुद्रि पाठ , भजन कृतन, टीका प्रसाद ग्रहण लगाएतका कार्यक्रम रहेको दिल्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिले जनाएको छ ।