शालिकराम चालिसे , नु्वाकोट
नुवाकोटको पहिचानको रुपमा रहेको गोरु जुधाउने पर्वमा यसवर्ष जिल्लाभरमा ४७ हल गोरु जुधाइने भएको छ ।
जिल्लाको बेत्रावति, तारुका र घलेगाउँमा गरेर ४७ हल गोरु जुधाइने त्यसको ुबै तयारी पुरा भएको आयोकले सोमबार पत्रकार सम्मेलनमा बताएका छन । माघेसङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाले विदुरमा पत्रकार सम्मेलन गरी तारुकामा गोरु जुधाइने तयारी पुरा भएको जानकारी दिएको छ । मेलास्थल आउनको लागि सडकको मर्मत, पार्किङस्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्था गरिएको तारकेश्वर गाउँपालिका वडा नं २ का वडाध्यक्ष समरबहादुर आलेमगरले बताए ।
संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । मेलामा प्रथम हुने गोरु धनीले ६ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीयहुनेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता हुने प्रथम, द्वितीय र तृतीय गोरुको नेपाल लाइफ इन्स्योरेन्सले पुरस्कार र बिमाको व्यवस्था गरिएको अधिकारीले बताए । सहभागी गोरुको उपचार एवं गोरु धनीहरुलाई प्रोत्साहन हुने अन्य कार्यहरुको थालनी गरिएको जानकारी दिए । नुभयो ।
तारुकाको पौरख नेपालको गौरव भन्ने मूल नाराका साथ परापुर्वकालदेखि नै प्रत्येक वर्षको माघेसङ्क्रान्तिमा मानाईदै आएको गोरु जुधाई मेलाले एतिहासिक, सामाजिक एवं सांस्कृतिक रुपले धेरै नै महत्व बोकेको छ ।
माघेसङ्क्रान्तिको अवसर पारेर नुवाकोटको तारुकामा २३ हल, बेत्रावती ८ हल र घले गाउँमा १६ हल गरी यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । वि.सं. १९८० को दशकमा चन्द्रशमशेरका ज्वाँई जय पृथ्वीबहादुर सिंहको मावली घर नुवाकोटको तारुकामा रहेको र उनी मावली आउँदा भान्जालाई मनोरञ्जन प्रदान गर्नको लागि गोरु जुधाइँको थालनी भएको इतिहासमा उल्लेख छ ।











प्रतिक्रिया