डोटी (नेस)
खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय सिलगढी डोटीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा गरेको छड्के अनुगमनमा भेटिएको अखाद्य बस्तु नष्ट गरीएको छ । दिपायलको पिपल्ला बजारमा अखाद्य बस्तु बिक्रि बितरण हुन थालेको खबर व्यापक रुपमा आउन थालेपछि उक्त कार्यालयका निमित्त प्रमुख नारायणसिंह रावतको संयोजगत्वमा आईतबार आएको टोलीलेले बजारमा छड्के अनुगमन गरेको थियो ।
बजार अनुगमनका क्रममा टोलीले करिब तिन÷चार कट्टा बिस्कुट,चाउचाउ,दालमट,बिभिन्न मसला आईटम,जुसहरु लगायतका अखाद्य बस्तु फेलापारेको थियो । अनुगमनका क्रममा फेला पारिएको अखाद्य बस्तु प्रहरी,प्रशासन,स्थानियबासी,उद्योग बाणिज्य संघका पदाधिकारी तथा पत्रकारको रोहवरमा आज नष्ट गरिएको अनुगमन समितिका संयोजक तथा खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख नारायणसिंह रावतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले भेटाएको सबै बस्तु अखाद्य भएको प्रमाणित भयो,सबैको रोहवरमा नष्ट गरेका छौ ।’ यस भन्दा पहिला डोटीमा दशै र तिहारको समयमा मात्रै अनुगमन हुने गरेको थियो । गएको असोज महिना पछि मात्रै डोटी जिल्लामा पहिो पटक खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय स्थापना भएपछि उक्त कार्यालयले यहाँका प्रमुख व्यापारी केन्द्रमा छड्के अनुगमन गर्न थालेको छ ।
उपभोक्तहरु अखाद्य बस्तु प्रयोग नगरुन भन्ने उदेश्यले आफुहरु अहिले निकै सुच्छम रुपमा खाद्य तथा दैनिक उपभोग्य बस्तुको चेकजाच गर्न पट्टि लागेको खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख नारायणसिंह रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिपल्ला बजारमा अखाद्य बस्तु धेरै बिक्री बितरण हुदो रहेछ,उपभोक्ता चनाखो हुनु जरुरी छ ।’











प्रतिक्रिया