महेश न्यौपाने, रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पाले एक स्थानीय तह एक कार्यक्रम संचालन गर्ने भएको छ । महासंघ जिल्ला शाखा रोल्पाको हालै वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
स्थानीय सरकार संग परामर्श गरि आवश्यकताका आधारमा एक स्थानीय तह एक कार्यक्रम संचालन गर्न लागेको हो । स्थानीय सरकारहरुलाई संचारमैत्री वनाउने, कार्यक्रम, योजना र वजेटलाई पारदर्सि वनाउने, स्थानीय तहलाई सुशासनयुक्त वनाउने तथा जिल्लाको पर्यटन प्रवद्र्धनमा साझेदारी गर्ने गरि कार्यक्रम तय गरिने महासंघ रोल्पाका उपाध्यक्ष डी.एस. डाँगीले जानकारी दिए ।
स्थानीय तह केन्द्रीत पत्रकार क्षमता विकास तालिम, पत्रकार महिला क्षमता विकास तालिम, सूचनाको हक संवन्धि अन्तरक्रिया, पर्यटन विकासमा संचारको भूमिका विषयमा छलफल, जनताको नजरमा पत्रकार विषयमा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम संचालन गर्छौ उपाध्यक्ष डाँगीले भने । स्थानीय सरकारले पत्रकार महासंघ संग समन्वय गरि कार्यान्वयन गर्न चाहेका सूचना तथा संचार क्षेत्र संग संवन्धित अन्य कार्यक्रम पनि गर्न सकिन्छ उपाध्यक्ष डाँगीले भने ।
शाखाले उपाध्यक्ष देवी गुरुङलाई प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । शाखाका सूचनाहरु एकद्धार प्रणालीवाट संप्रेशन गर्न तथा महासंघका गतिविधि व्यवस्थीत गर्न यस्तो जिम्मेवारी तोकेको महासंघले जनाएको छ । शाखाले वर्षभरि मनाउने दिवस समारोहको सूची तयार गरि कार्य समिति समक्ष पेश गर्न एक उप समिति समेत गठन गरेको वताइएको छ । अव उप समितिको सिफारिसका आधारमा कार्यसमितिले पारित गरेका दिवस समारोहहरु मात्रै शाखाले आफै वा अन्य सरोकारवाल संग समन्वय गरेर मनाउने भएको छ ।
पछिल्लो परिवर्तनमा नेपालका संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि स्थानीय सरकारहरु एकलौटी ढंगले चल्न थालेको हुदा संचारकर्मीहरुले सशक्त प्रतिपक्षको भूमिका खेल्ने खालका कार्यक्रम तह गर्नु पर्ने नागरिकहरुले सुझाव दिएका छन । स्थानीय सरकारको मनोमानीलाई सन्तुलनमा ल्याउन संचार क्षेत्रको भूमिका प्रभावकारी हुनु पर्छ पूर्व सांसद लेखनाथ आचार्यले भने । प्रतिपक्ष विहिन स्थानीय तहमा संचार माध्यम नै प्रतिपक्षको भूमिकामा हुनु पर्ने उनीहरुको सुझाव छ ।
रोल्पामा एक नगरपालिका सहित दश वटा स्थानीय तह रहेका छन । ७ एफ.एम. रेडियो, ५ साप्ताहिक पत्रिका, २ अनलाईन सहित अन्य राष्ट्रिय स्तरमा संचार माध्यममा काम गर्ने पत्रकारहरुको संख्या १ सय वढी रहेको नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ ।











प्रतिक्रिया