महेश न्यौपाने, रोल्पा ।
रोल्पा सदरमुकाम लिबाङवाट मिरुल टुटुका लागि छुटेका यात्रुवाहक जीप आज वेलुका ३ वजे दुर्घटना हुदा जीपमा सवार २ जनाको ज्यान गएको छ । परिवर्तन गाउँपालिका १ कुरेलीमा भएको सो दुर्घटनामा परि परिवर्तन गाउँपालिका १ कुरेलीका १९ वर्षिया सन्जु पुन र नाम नखुलेका करिव ६ महिनाका एक नावालकको समेत मृत्यु भएको छ ।
२० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्वरको उक्त जीप सडकवाट करिव १ सय मिटर तल खसेको स्थानीयले जनाएका छन । उकालो सडकमा चढ्न नसक्दा जीप दुर्घटनाग्रस्त भएको परिवर्तन गाउँपालिका १ का वडाध्यक्ष वमवहादुर पुनले जानकारी दिए ।
दुर्घटनामा परि जीप चालक समेत १६ जना घाईते भएको वताइएको छ । घाईतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको वताइएको छ ।
केही दिन अघि सुलिचौरवाट सिर्प जुतुङखोला तर्फ जाँदै गरेको आशिरवाद प्रा.लि.को ग १ ख ५५२१ नम्वरको वस दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा समेत २ जनाले ज्यान गुमाएका थिए भने २६ जना घाईते भएका थिए । छोटो अवधिमै पुनः ज्यान जाने गरि भएको अर्को दुर्घटनाले जिल्लावासीलाई दुखित वनाएको छ ।
ईन्जिनियरिङ डिजाईन विना खनिएका अव्यवस्थीत सडकका कारण रोल्पामा यस्ता दुर्घटनाहरु भइरहेका छन । उपभोक्ता समितिले निर्माण गरेका यस्ता सडकलाई समयमै निश्चित मापदण्डमा नल्याए अझै ठूलो दुर्घटना हुन सक्ने वताईन्छ ।











प्रतिक्रिया