मोरङ ।
अवैध हुण्डी कारोबारमा संलग्न ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरस्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष विराटनगर महानगरपालिका(७ बस्ने ३२ वर्षीय राजेश हेडा, विराटनगर महानगरपालिका(११ बस्ने २५ वर्षीय सुमित साह र विराटनगर महानगरपालिका(१२ बस्ने ४१ वर्षीय दिपककुमार कर्ण रहेका छन् ।
विशेष सूचनाको आधारमा उक्त संस्थामा तलासी गर्दा लुकाईछिपाई राखेको ६० लाख ७ हजार ६ सय रुपैयाँ र संस्थाभित्र रहेकामध्ये सुमितकुमार साहको साथबाट ९ लाख ५० हजार समेत गरी जम्मा ६९ लाख ५७ हजार ६ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
प्रारम्भिक सोधपुछको क्रममा उनीहरूलाई उक्त सहकारी संस्थाको आडमा हुण्डी कारोवार गर्दै आएको खुल्न आएको र उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ईटहरी पठाइएको छ ।











प्रतिक्रिया