अवैध लागूऔषध सहित २ जना पक्राउ

0
Shares

काठमाडौं ।
रोल्पा र सिराहाबाट अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा त्रिबेणी गाउँपालिका(२ बाट रुकुम भुमे गाउँपालिका(२ खावाङ बस्ने ४७ वर्षीया कमिनी पुनलाई अवैध लागूऔषध चरेस करिब ५ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थवाङबाट घोराही दाङतर्फ जाँदै गरेको लु।अ अ जे ७८०६ नम्बरको जिप प्रहरी चौकी नुवागाउँ चेकपोष्टमा जाँच गर्ने क्रममा जिपमा सवार पुनलाई झोलामा सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहा भगवानपुर गाउँपालिका(१ बस्ने देबेन्द्र यादवको घरबाट आइतबार करिब २२ केजी लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले यादबको घरमा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । भागी फरार भएका यादवलाई खोजी गर्ने क्रममा सोही ठाउँमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।