पूर्वाधार विकास कार्यालयले तीन जिल्लाकै काम रुकुमबाट थाल्यो

0
Shares

रुकुम ।
रुकुम पश्चिमको चौरजहारीमा रहेर पुर्वाधार विकास कार्यालयले तिन जिल्लाको काम थालेको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत तीनवटा जिल्ला हेर्ने गरी स्थापना हो । पूर्वाधार विकास कार्यालयले रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्लामा समेत सडक निर्माण तथा स्तरोन्नति, मोटरेवल पुल र झोलुङ्गे पुल निर्माणको काम गर्ने बताईएको छ ।

चौरजहारी नगरपालिका –२ विजयश्वरी डाँडामा उक्त कार्यालयको स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै यस क्षेत्रको पूर्वाधार विकासले तीव्रता पाउने प्रदेश सांसद गोपाल शर्माले बताउनुभयो । सांसद शर्माले बजेट कार्यान्वयनका लागि सकारात्मक सहयोग, निगरानी र कमी कमजोरीलाई औंल्याईदिन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

सरकारले प्रदेश मातहत रहने गरी चारवटा पूर्वाधार कार्यालय स्थापना गर्ने निर्णय गरेकोले सोही अनुरुप चौरजहारीमा पनि कार्यालय स्थापना गरिएको सिनियर डिभिजन इन्जिनियर कमलकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँले कार्यालय स्थापनासँगै पूर्वाधारको सर्वेक्षण गरी डिपिआर तयारको कार्यलाई अगाडि बढाइने बताउनुभयो । यस क्षेत्रमा सडक स्तरोन्नति, पुल निर्माण लगायत ३१ वटा योजनाको लागि ४३ करोड बजेट रहेको सिनियर इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।