विमल बिष्ट, डोटी ।
ठूला बडाको बिबाह,हर्È बढाईमा पुराना बिरयोद्धाका कथा तथा राजा रजौटका गितमार्फत देखाईने सुदूरपश्चिम प्रदेशको प्रशिद्ध छलिया र हुड्ने नाँच हिजोआज व्यवसायीक बन्न थालेको छ ।
हिजो आज यहाँका बिभिन्न समारोह,महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाँच्नेहरुको माग हुने गरेको छ । यसरी बिभिन्न ठाउ“मा नाच देखाए बाफत छलिया हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलावडा ठालुको घरमा बिवाह ब्रतवन्ध भयो भने मात्रै उक्त नाच देखाईने गरेको दिपायलका हुड्के गगने नेपालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला नाच देखाए बाफत एक छाँक खाना तथा केही लुगा फाटो पाईन्थ्यो तर अहिले बोलाएको ठाउ देखाउछौ र पैशा लिने गरेका छौं ।’
अहिले सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउहरुमा महोत्सब लगायतका धार्मिक कार्यहरु चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाँच्नेहरु व्यस्थ हुने गरेको उद्योग बाणिज्य संघ डोटीका महासचिब दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महोत्सब देखी अन्य शुभ कार्यगर्दा हुड्के नभई सोभा हुदैन,अहिले त हुड्के नाँच्नेलाई अग्रीम बुकिङ गर्नु पर्छ ।’
यतिमात्र नभई डोटीको दिपायल र तिखाँका हुड्के नाँच्नेहरुलाई एक महिना पहिले देखि नै बुकिङ सम्झौता गर्नु पर्ने अवस्था आएको महासचिब खड्काले बताउनु भयो । दिपायलको हुड्के नाँचले एक दिनको १० हजार लिने गरेको छ भने छलिया नाँचको एक दिनको छलिया समूहले १५ हजार सम्म लिने गरेका छन् । छलिया नाँच प्रायगरी बैतडी जिल्लाकाहरुले नाँच्ने गर्दछन् ।
यतिमात्र नभई डोटीको शिखर नथगरपालिका स्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाँचबाट नै आफनो गुजारा चलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘महिनामा चार/पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए बर्Èभरीको खर्च चल्छ ।’ रायभानले हुड्के नाच देखाएरै २ छोरालाई क्याम्पसमा पढाई रहेको दाबी गर्नु भयो । त्यसै गरी सुदुरपश्चिम प्रदेशकै प्रख्यात मानीने बैतडीको छलिया नाँचको अहिले सुदूरपश्चिम भरी नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायीक बन्न थालेका छन् ।
बिभिन्न ठाउ“मा छलिया तथा हुड्के नाँच्नेहरुले क्लव नै गठन गरेका छन् भने उनिहरु आफना सन्ततीहरुलाई समेत नाँच्न र गाउन सिकाउन थालेका छन् । गत वर्È डोटी,कञ्चनपुर,धनगढी,टिकापुर,सा“फेवगर महोत्सवमा छलिया नाच देखाएर १ लाख ५० हजार रुपिया“ कमाएको बैतडी छलिया समुहले बताएको छ । छलिया निकै जोखिमपूर्ण नाँच पनि हो । बाजाको तालमा नाँच्न नजाने चोट पटक लाग्ने गरेको दिपायलका स्थानिय तथा समाजसेवी घनस्या पाठकले बताउनु भयो ।
‘हुड्के नाँचमा पुराना राजा रजौटा, बिर बिरंगना र देवि देवताहरुका जिवन गाथा गाउने गरिन्छ, उहाँले भन्नुभयो,‘छलिया नाँच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच भएकाले नजानेमा चोट लाग्न सक्छ ।’ संस्कृती बिद डाक्टर बद्रीप्रशाद बिनाडीका अनुसार छलिया नाचले युद्धकला लाई झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया,हुड्के,चौलो भुवाँ नाँचलाई व्यवसायीक्ता तिर लैजान सके यहा“को कला सस्कृती लगायत नाँच्नेहरुको पनि जिवनस्तर माथि उठ्न सक्ने पनि संस्कृती बिद डाक्टर बिनाडीको भनाई छ ।











प्रतिक्रिया