सनिशा मिस लिटिल नेवाः

0
Shares

नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित १२औं संस्करणको मिस लिटिल नेवाः ११३९ उपाधि सनिशा लगेजुले चुमेकी छिन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा लगेजुले उपाधिसहित नगद तथा विभिन्न उपहार पाएकी छिन्।

२४ जना बालिकाले सहभागिता जनाएको प्रतियोगितामा लुस्वाँ मानन्धर फस्ट रनर्सअपका साथमा मिस सोसल एम्बेसडर, सेलिना प्रजापति सेकेन्ड रनर्सअप, अन्वेषा कर्माचार्य थर्ड रनर्सअप, पलिस्ता नापित फोर्थ रनर्सअप र मिस फ्रेन्डसिप भए।

नेवारी भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने तथा अहिलेको पुस्तालाई जानकारी गराउने उदेश्यले आयोजित प्रतियोगितामा बियंका खड्का ताम्राकार मिस ट्यालेन्ट, युसिका अमात्य मिस पर्सनालिटी, रेवती महर्जन मिस कल्चर, जेनिशा बज्रँचार्य र दृष्टि श्रेष्ठ बेस्ट हेयर, हिमानी प्रधान मिस इनोसेन्ट, सफलता श्रेष्ठ बेस्ट नेपाल भाषा, उन्नति प्रधान मिस फ्रेन्डसिप, कृपा स्वङ्निखा र बिनिभा सुवाल मिस फोटोजेनिक, रिया श्रेष्ठ मिस चार्मिङ, रेहा रञ्जित मिस डिसिप्लिन, अदिति विरबल बेस्ट स्माइल र अनुष्का श्रेष्ठ मिस क्युट तथा बेस्ट स्किन उपाधि जित्न सफल भए।

पूर्वप्रधानमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदीपमान प्रधान, मिस नेवाः एञ्जल श्रेष्ठ, कराँते खेल विज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमुना फेसन कलेजका जिवेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायक रहेका थिए।