किमको प्रेम प्रदर्शन

0
Shares

हाल बलिउड फिल्ममा त्यति देखिन छोडेकी नायिका किम शर्मा आफ्नो प्रेम जीवनमा रमाइरहेकी छिन्।
आफ्नो फिल्म प्रदर्शन हुन छोडेको धेरै समय भए पनि उनी आफ्नो प्रेम भने प्रदर्शन गरिरहेकी भेटिन्छिन्। शुरूमा आफ्नो प्रेमी हर्षवर्धन राणासँगको सम्बन्ध लुकाएकी उनले यतिखेर भने सामाजिक सञ्जालभरी आफ्नो माया सार्वजनिक गरेकी छिन्। हालै उनले सार्वजनिक गरेको भाइरल तस्वीरमा उनी एयरपोर्टमा आफ्नोे प्रेमीकाको साथ चुम्बन गरिरहेकी देखिन्छिन्, जुन फोटो यतिबेला चर्चामा रहेको छ। उनीहरूको फोटो र सम्बन्धले यतिसम्म चर्चा पाउनुको कारण उनीहरूको उमेर फरक भएर पनि एक हो। हर्षवर्धन किमभन्दा ३ वर्षले कान्छा छन्। हर्षवर्धन ३५ वर्षका हुन् भने किम ३८ वर्षकी भइन्।

बलिउड सञ्चारमाध्यमका अनुसार उनीहरू लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। एयरपोर्टबाट आ–आफ्नो गन्तव्यका लागि छुटिएका उनीहरूले मानिसको बेवास्ता गरी सार्वजनिकस्थलमा नै चुम्बन गरिरहेको तस्वीरमा देखिन्छ।