अनाथलाई सहयोग गर्दै मल्लिकाले ल्याइन् मौसम

0
Shares

गायिका मल्लिका कार्कीले आफ्नो दोस्रो सोलो एल्बम मौसम सार्वजनिक गरेकी छिन्। केही दिनअघि एल्बम सार्वजनिक गरेको अवसरमा उनले अनाथ बालबालिकालाई सहयोग गरेकी छिन्।
चाबहिल साततल्लेस्थित इनरभिजन  नेपालमा रहेका बालबालिकालाई उनले ब्ल्यांकेट, टोपी, मोजाजस्ता जाडो महिनाका सामग्रीका साथमा खाना खुवाएकी हुन्।

एल्बम मौसममा समावेश लाखौं छन् बोलको गीतमा आलोकश्रीको संगीत र किरण केसी ‘क्रोधी’ को शब्द रहेको छ। यसको म्युजिक भिडियोमा वुगी वुगी विजेता कविता नेपालीको रोमाञ्चक नृत्यका साथमा मल्लिका प्रस्तुत भएकी छिन्। भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको निर्देशन र सम्पादन रहेको छ।