नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा पहिलोपल्ट आयोजित ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ मा क्यान्सर जितेका व्यक्तिदेखि चर्चित हाँस्य कलाकारद्वय महनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भरपूर मनोरञ्जनका साथ सन्देश दिनुभयो ।
क्यान्सरको उपचारपछि निको भएकाहरुले सकारात्मक सन्देश प्रवाह गरि क्यान्सर पीडितलाई लुकेर हैन खुलेर उपचार गरौंं भन्ने सन्देश दिनका लागि आयोजित उक्त ¥यापमा क्यान्सर विशेषज्ञ डाक्टर र अन्य कलाकारको पनि सहभागिता थियो ।
शोकी कोरियोग्राफर तथा क्यान्सर जितेकी व्यवसायी महिला डली गुरुंग आफैं र्याम्पमा हिँड्नुभएको थियो भने नायक आयुस्मान देशराज जोशी र कुनै समयकी चर्चित नायीका सनी रौनियार र्याम्पमा उत्रीनुले कार्यक्रम निकै रोमाञ्चक बनेको थियो ।
यसले क्यान्सर रोगीको आत्मबल बढाउनुका साथै ‘क्यान्सर ठुलो रोग होइन, समयमै उपचार गरे निको हुन्छ, क्यान्सरपछिको जीवन थप महत्वपूर्ण छ’ भन्ने सन्देश दिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताउनुभयो ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले समयमै उपचार गरे जस्तोसुकै क्यान्सर निको हुने उल्लेख गर्दै नेपालमै अब सबैथरीका क्यान्सर रोगको अत्याधुनिक प्रविधिबाट निदान र उपचार हुने जानकारी दिनुभयो ।
वरिष्ठ हाँस्य कलाकार श्रेष्ठले आफ्नी श्रीमतीको क्यान्सर उपचार गरेर ६ वर्षसम्म क्यान्सरलाई जितेर श्रीमतीलाई बचाउन सकेकोले रोग नलुकाउन सबैसंग आग्रह गर्नुभयो ।
अर्का वरिष्ठ हाँंस्य कलाकार आचार्यले शरीर भनेको मुलुक हो र क्यान्सर भनेको आतंककारी हो भन्दै आतंककारीलाई परास्त गरेझैं क्यान्सरलाई पनि शरीरबाट परास्त गर्नुपर्ने सुझाव दिनुभयो ।
मिस नेपाल श्रृंखला खतिवडाले नेपालमै सबै प्रकारको क्यान्सरको उपचार गर्ने स्तरीय अस्पताल रहेको चर्चा गर्दै अरु रोगजस्तै क्यान्सर समयमै उपचार गरे निको हुने आफूले थाहा पाएको बताउनुभयो ।
क्यान्सरको उपचार गराईराखेकी भक्तपुरकी युवतीले ‘समर्पण तिमीलाई’ भन्ने गीत गाएकी थिइन् ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको सहयोग तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, नेपालका लागि जापानी राजदूत मासामिची साइगोलगायत विभिन्न मुलुकका राजदूत, क्यान्सरको उपचार गराइराखेका ८ वर्षीय बालक लियन अवाले सहभागी हुनुहुन्थ्यो ।
यस्तै ललितपुर महानरगपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गिता सत्याल,, १४ वर्षीया किशोरी दिक्षा हाडा, सो अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. गिसुपनिख प्रसिको, मिस नेपाल कार्यक्रमको आयोजक हिड्न ट्रेजरका संस्थापक गोपालसुन्दर लाल कक्षपतिको जोडी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजन र वरिष्ठ फोटोग्राफर राजभाई सुवालदेखि क्यान्सर निको भइसकेका ५० वर्षसम्मका २ दर्जन महिला र पुरुषको सहभागिता रहेको थियो ।











प्रतिक्रिया