पुरुषलाई पनि हुन्छ स्तन क्यान्सर: डा.बराल

0
Shares

काठमाडौँ, (नेस् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद बरालले पुरुषलाई पनि स्तन क्यान्सर हुने बताउनुभएको छ ।

पब्लिक सूत्रधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौँथो साधारणसभा तथा संस्थाको १८ औं वार्षिकोत्सवको अवसरमा उहाँले भन्नुभयो –तर समयमै पत्ता लागेमा क्यान्सर निको हुन्छ ।

डा.बडालले विश्वमा १ प्रतिशत पुरुषमा स्तन क्यान्सर हुने गरेको जानकारी दिँदै क्यान्सर रोग नलुकाउन आग्रह गर्नुभयो ।

७५ प्रतिशत क्यान्सर सूर्तिजन्य पदार्थको कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको पनि उहाँले बताउनुभयो । डा.बरालका अनुसार नेपालमा बार्षिक १८ हजार मानिस क्यान्सरका कारण मरिरहेका छन् । यसको प्रमुख कारण जनचेतना र समयमा रोग पहिचान नहुनु नै हो ।

रेडियसनका कारण क्यान्सर हुन्छ । अमेरिकामा दोस्रो विश्व युद्धमा गरिएको बमबारीको रेडियसनले अहिलेसम्म क्यान्सर हुँदैछ । यस्तै जिब्रो पड्कने स्वादिलो खानामा मिसाएको केमिकल र धेरै नून खाँदा क्यान्सर हुने गरेको चिकित्सकहरू बताउँछन् । यस्तै ढुसी लागेको खानाले फोक्सो र कलेजोको क्यान्सर लाग्छ ।

बढी माँंसाहार हुनु पनि राम्रो होइन । रातो र पोलेको मासु बढी खाँदा क्यान्सरको सेले छिटो भन्दा छिटो बृद्धि हुने चिकित्सकहरू बताउँछन् ।
मोटोपन घटाउने, दिनमा पाँचपटक खाने, धुम्रपान नगर्ने, शारीरिक व्यायाम गर्ने र खानपानमा ध्यान दिएमा क्यान्सर रोगबाट बच्न सकिन्छ ।