‘आकाशमा त टावर बन्उन सकिँदैन’

0
Shares

काठमाडौं, (नेस)
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन निर्माणमा जताततै अवरोध हुँदा कामनै प्रभावित भइरहेको बताउनुभयो ।

‘हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई सप्तकोसी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नुपर्ने जोखिमयुक्त काम छ’,उहाँले भन्नुभयो– ‘हुँदा हुँदा नदीभित्र टावर खडा गर्न पनि विरोध भइरहेको छ । वनमा, निजी जग्गामा नदीमा टावर बनाउन विरोध भइरहेको यस्तो अवस्थामा हामी टावर कहाँ बनाउने ? आकाशमा त टावर बन्दैन’, घिसिङको प्रश्न छ ।

उपमहानगरपालिकाले भनेजस्तै प्रसारणलाइनको रुट परिवर्तन गर्न प्राविधिकरुपमा उहाँको दाबी छ । ‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारणलाइनले कुनै असर गरेको छैन, यहाँको रुट परिवर्तन गरिएमा यसको प्रभाव मुलुकभर पर्छ । जसले प्रसारणलाइनको मात्रै नभएर मुलुककै विकास ठप्प पार्छ’,उहाँले भन्नुभयो–‘प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न खुल्ला छौं । तर, रुट परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगरौं ।’