रिद्धि सिद्धि सिमेन्टद्वारा निर्माण सामाग्री बिक्रेतासँग भेटघाट

0
Shares

काठमाडौं, (नेस)
शंकर ग्रुप र अम्बे गु्रपको संयुक्त लगानीमा मकवानपुरको हेटौंडामा निर्माणधीन रिद्धि सिद्धि सिमेन्ट प्रालिले आफ्नो उत्पादनको पँर्वासन्ध्यामा जनकपुर, बर्दिवास, वीरगञ्ज र हेटौंडालगायतका स्थानमा निर्माण सामाग्री बिक्रेतासँग भेटघाट एवं अन्तत्र्रिmयात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले आफ्नो उत्पादनको पँर्वसन्ध्यामा गरिएको उक्त अन्तक्र्रियात्मक कार्यक्रमले आगामी दिनमा आफँहरुलाई उत्पादित वस्तुको बजारीकरणका लागी मार्ग निर्देशन प्रदान गर्ने जनाउँदै युरोपियन अत्याधुनिक प्रदँषणरहित एवं नेपालमै पहिलोपटक रोबोटिक प्िरवधिले गर्दा गुणस्तरमा हुने एकरुपता र लेजरसिल प्रविधिले गर्दा सामान्य बोरामाभन्दा कम चुहावट साथै वातावरणमैत्री हुने बताउनुभयो ।

त्यसैगरी शंकर ग्रुपका कार्यकारी निर्देशक आन्नद नेपालले रिद्धि सिद्धि सिमेन्टको बारेमा बोल्दै आफ्नो उत्पादनले गुणस्तर शतप्रतिशत सुनिश्चित रहेकाले उपभोक्ताको विश्वास जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका महाप्रबन्धक मुकुन्द घिमिरेले आफ्नो उत्पादन आम उपभोक्तामैत्री हुने बताउँदै स्थानीय बजारमा आफ्नो उत्पादनको बलियो उपस्थिति रहने दाबी गर्नुभयो ।