नेपाल बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

0
Shares

ललितपुर, (नेस)
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको छैठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले देशको आर्थिक समृद्धिको लागि सहकारीले गरेको योगदानको चर्चा गर्नुभयो ।

उहाँले देशको आर्थिक विकासमा सहकारीले खेलेको भँमिकाको प्रशंसा गर्दै यसलाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशभर सञ्चालित बहुउद्देश्यीय सहकारी संघ संस्थाले २ खर्बभन्दा बढीको निक्षेप परिचालन सोही बरबरको कर्जा लगानी गरेको जानकारी दिनुभयो । उहाँले २५ अर्बभन्दा बढीको पुँजी परिचालन भएको बहुउद्धेश्यीय सहकारी संघ संस्थाको दीर्घकालिन विकास गर्न संस्थागत सुशासन अपरिहार्य महशुस गरी हामीले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि लगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘संघ सञ्चालनमा प्रभावकारिता ल्याउन आवश्यकता अनुसार विभिन्न किसिमका विनियमावली तथा कार्यविधि तयार गरी लागँ गरेका छौ ।’ अध्यक्ष भण्डारीले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथैे संघको २०७५–२०७९ (चार वर्षीय) रणनीतिक योजना पनि सार्वजनिक गर्नुभएको थियो ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मुलकमा सहकारीले गरेको योगदानले देशमा आर्थिक समृद्धि भएको बताउनुभयो । उहाँले संघले गरेको कार्यको प्रशसा गर्नुभएको थियो । प्रदेश–३ सांसद राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय योजना आयोग तथा व्यवस्थापन विज्ञ जनक शाहलागयतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ‘गुड गभर्नेन्स इन कोअपरेटिभ अफ नेपाल’ विषयमा विद्यावारिधी गर्नुभएका प्रोएड बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष डा. द्रोणलाल पुरी र ‘क्रेडिट रिक्स म्यानेजममेन्ट इन नेपाली कर्पोरेटिभ सोसाइटी’ विषयमा विद्यावारिधी गर्नुहुने नेपाल मर्चेन्ट कोअपरेटिभका प्रबन्ध निर्देशक डा ज्ञानेन्द्र पौडेललाई सम्मान गरिएकोे थियो ।

संघले साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को योजना सार्वजनिक गरेको थियो । नेपाल बहुउद्धेश्यीय सहकारी संघअन्तर्गत १२ संघ २ सय ४७ संस्था आबद्ध छन् । संघअन्तर्गत ३६ जिल्लामा जिल्ला कार्यालय रहेका छन् । संघले गत भदौदेखि काठमाडौंको न्युरोडमा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको छ ।