क्याथफोर्डमा ‘क्याथफेष्ट’ मेला शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा ‘क्याथफेष्ट’ (मेला) शुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १३ कलेजका विद्यार्थीले तयार पारेका सामग्री प्रर्दशनीमा राखिएका छन् ।

‘नेपालका समस्याको समाधान’ नारा दिइएको मेलामा कम्प्युटरका सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट र मल्टिमिडियासहित खेल प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ प्रर्दशन गरिएको सो कलेजका प्राचार्य डा. मधुसूदन कायस्थले जानकारी दिनुभयो । विद्यार्थीले नेतृत्व लिएको कार्यक्रममा हाजिरी जवाफ लगायतका विविध कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो ।

इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन संकायका विद्यार्थीको जमघट रहेको दुई दिने मेलाको उद्घाटन पूर्र्वाञ्चल विश्व विद्यालयका पूर्व उपकूलपति प्राध्यापक तोरणबहादुर कार्कीले गर्नुभयो ।