हेटौंडा ।
ट्यांकरमा लुकाइराखेको २ वटा बोतलमा २ लिटर लागुऔषध कोरेक्ससहित आइतबार प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले इन्द्रसरोवर गाउँपालिका–५ का २४ वर्षीय अरुण तामाङ, १५ वर्षीय सुवास तामाङ र १५ वर्षीय विजय तामाङलाई हेटौंडा–१० बाट पक्राउ गरेको हो ।
बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ३ ख ४२०९ नम्बर ट्यांकर रोकी चेक गर्ने क्रममा उक्त लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्यांकर प्रहरी नियन्त्रणमा छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया