क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको माहाकाली नगरपालिकाकी एक ३५ वर्षीय महिलालाई परिवारले उपचारमा सहयोगको हस्तान्तरण गरिएको छ । मनपा–७ संसारी टोल निवासी मञ्जु दास दमाई लाई चेकजाँच पछि क्यान्सर रोग देखा परेपछि उनको उपचारको लागी स्थानिय नवज्याती समुहले संकलन गरेको रु. १२ हजार ९ सय २४ नगद र ४ बोरा धान, ४ बोरा गहुँ आइतवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको नवज्याती समुहका अध्यक्ष बिर बहादुर थापाले बताए ।

तीन छोरी एक छोरा रहेका मञ्जुलाई ८ महिना अगाडी मात्र आन्द्रामा समस्या देखा परेको थियो । आर्थिक अवस्था निकै दैयनीय रहेकी दासलाई एक छाक खानको लागी पनि धौं धौं हुँदै आएको थियो । आन्द्रामा देखाँ परेको घाउ उपचार गर्ने क्रम संगै झनझन ठुलो हुंदै गए पछी उपचारको लागि भारतको एक निजी पु¥याईएको थियो । अस्पतालले उपचारको क्रममा क्यान्सर भएको रिर्पोट आएको परिवाले जनाएको छ । आर्थिक अवस्था निकै दैयनीय रहेकै कारण मञ्जुको अस्पताल लाग्ने उपचार खर्च नभएको कारण घरमै राखिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेंसका क्षेत्रीय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस नगर सभापती डम्मर चन्द, मनपा– ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली तथा नवज्याती समुहका पदाधिकारी तथा स्थानियहरुले मञ्जुका श्रीमान शेर दास दमाईलाई संकलीत रकम हस्तान्तरण गरिएको नवज्याती समुहका सचिव बुद्धि देबी कठायतले बताए ।

समुहका पदाधिकारीले गरेको मानविय कार्यको प्रशंसा गर्दै बिरामी भएका मञ्जुलाई आफु र आफ्नो पार्टीले गर्ने सहयोगको लागि तयार रहेको हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काग्रेंसका क्षेत्रीय सभापती भट्टले बताए । मञ्जुको आर्थिक अवस्थाको बारेमा नवज्याती समुहले केही दिन अघि देखी राहत संकलन सुरु गरेको थियो ।