विमल बिष्ट, डोटी ।
खाद्य प्रविधि तथा गुण नियत्रण डिभिजन कार्यालय सिलगढी डोटीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको छ । दिपायलको पिपल्ला बजारमा अखाद्य बस्तु बिक्रि बितरण हुन थालेको खबर व्यापक रुपमा आउन थालेपछि उक्त कार्यालयका निमित्त प्रमुख नारायणसिंह रावतको संयोजगत्वमा आएको टोलीलेले बजारमा छड्के अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा टोलीले करिब तिन÷चार कट्टा (बिस्कुट,चाउचाउ,दालमट,बिभिन्न मसला आईटम,जुस) अर्थात सयौ केजी अखाद्य बस्तु फेलापारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार सुरेन्द्रप्रशाद जोशीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पिपल्लाका बिभिन्न पशलहरु बाट हामीले ठुलो परिमाणमा अखाद्य बस्तु जफत गरेका छौ,अन्य ठाउमा पनि अनुगमन गरिने छ यसैका आधारमा कार्वाहि हुनेछ ।’
केही अखाद्य बस्तुहरुको नमुना संकलन गरी परिÔणका लागि पठाईने र त्यसैका आधारमा अन्य कार्वाहि गरिने अनुगमन समितिका संयोजक तथा खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख रावतले बताउनु भयो । ‘अखाद्य बस्तु भेटिएको छ,पहिला परिक्षण गर्छौ’, उहाले भन्नुभयो ‘अखाद्य बस्तु बेच्ने सबै कानुनी दायरामा आउने छन् ।’ यस भन्दा पहिला डोटीमा दशै र तिहारको समयमा मात्रै अनुगमन हुने गरेको थियो । गएको असोज महिना पछि डोटी जिल्लामा खाद्य प्रबिधि तथा गुण नियत्रण डिभिजन कार्यालय स्थापना भएपछि उक्त कार्यालयले यहाँका प्रमुख व्यापारी केन्द्रमा छड्के अनुगमन गर्न थालेको छ ।
उपभोक्तहरु अखाद्य बस्तु प्रयोग नगरुन भन्ने उदेश्यले आफुहरु अहिले निकै सुच्छम रुपमा खाद्य तथा दैनिक उपभोग्य बस्तुको चेकजाच गर्न पट्टि लागेको अनुगमन समितिका अर्का सदस्य तथा ईलाका प्रहरी प्रमुख कर्णबहादुर रौलेले बताउनु भयो । ‘अखाद्य बस्तु बेच्ने अधिकार कसैमा छैन’,
उहाले भन्नुभयो,‘उपभोक्ताले पनि आफुले प्रयोग गर्ने खाद्य बस्तु किन्दा उत्पादित र समाप्तिको मिति अबष्य हेरौ ।’ दिपायल पिपल्लामा गरिएको अनुगमनमा ईलाका प्रहरी दिपायलका प्रमुख कर्णबहादुर रौले,उद्योग बाणिज्य संघका मञ्जु खड्का र पत्रकारहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया