काठमाडौं ।
काठमाडौं, ललितपुर र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका(२६ सामाखुसी चोकस्थित सडकमा बा।२८ प ६८३७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं शेषमति बस्ने धनुषा बाध्यचुली गाउँपालिका घर भएका ४० वर्षीय आयुष बलको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर ललितपुर महानगरपालिका ९ स्थित बालकुमारी पुल नजिक बा २९ प ८९१९ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडक किनारामा रोकी राखेको ना १ क ८८२८ नम्बरको ट्रक मुनी छिर्न जाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर ताल्छिखेल बस्ने रामेछाप घर भएका १९ वर्षीय बिकास सुनुवारको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ताल्छिखेल बस्ने संखुवसभा घर भएका १९ वर्षीय जिबन लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोला पुलस्थित सडकमा सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार बर्दिया सेरुवा गाउँपालिका(२ बस्ने १८ वर्षीय नबिन्द्र चौधरीलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया