मूल्य निर्धारणपछि किसान उखु काट्न व्यस्त

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
उखुको नयाँ मँल्य निर्धारण भएपछि पर्सासहित मध्य तराईका उखु किसान अहिले उखु काट्न व्यस्त भएका छन् । मध्य तराईको रौतहट, वारा, सर्लाही महोत्तरीका चिनी उद्योगहरु चाँडै सञ्चालन हुने भएपछि किसानमा छाएको चिन्ता समाप्त भएको हो ।

चिनी उत्पादक संघ र उखु उत्पादक महासंघका पदाधिकारीसँगै सरकारका प्रतिनिधिबीच महोत्तरीको बर्दिबासमा सम्पन्न बैठकबाट उखुको नयाँ मँल्य निर्धारण भएपछि आउँदो साताभित्र चिनी कारखानाहरु सञ्चालनमा आउने भएकाले किसानमा छाएको चिन्ता समाप्त भएको हो ।

दुई दिन अघि महोत्तरीको बर्दिबासमा भएको वार्तामा चालँ आर्थिक बर्ष २०७५÷७६ का लागि प्रतिक्विन्टल ५ सय ३६ रुपियाँ ५६ पैसा उखुको मँल्य निर्धारण गरिएको छ । उक्त मँल्यमा उखु क्रसिङ गर्ने चिनी उत्पादक संघले सहमति जनाएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए ।

सहमतिअनुसार चिनी कारखानाको गोदाममा गत वर्षको चिनी थन्किएकाले त्यसलाई सरकारलाई खरिद गर्न आग्रह गर्न सहमति भएको अध्यक्ष यादवले बताउनुभयो । सरकारले निर्धारण गरेको मँल्यमा उद्योगपतिले उद्योग सञ्चालन गर्दा निकै घाटा लाग्ने भनेर असहमति जनाउँदै आएको कारण चिनी कारखाना सञ्चालनमा ढिलाई हँुदै आएका थिए ।

समयमा उद्योग सञ्चालन नहुँदा किसानको उखु खेतमै सुक्न थाल्दा किसान चिन्तिते थिए । वर्ष भरी मेहनत गरेर हुर्काएका उखु खेतमै सुक्न थालेको तथा हतार भएका किसान कम मँल्यमा खाडसारीमा बेच्न बाध्य भएका किसानलाई मँल्य निर्धारण भएपछि खुशी छाएको पर्साका उखु किसान राजेश चौधरीले बताउनुभयो ।

विवाद टुंगिएर मँल्य निर्धारण भएपछि रौतहटको श्रीराम सुगर मिल्स, सर्लाहीको इन्दुशंकर, बाराको रिलायन्स सुगर एण्ड केमिकल र महोत्तरीको एभरेष्ट आउँदो आइतबार सोमबारका दिनदेखि सञ्चालनमा आउने मिल्स प्रबन्ध पक्षले जनाएको छ ।