नजाँची भित्रिन्छ भारतीय दूध

0
Shares

नेपाल समाचारपत्र, बाँके
भारतबाट नेपालगन्जमा दिनमा कति लिटर दँध आउँछ र त्यो दँध कत्तिको गुणस्तरीय होला ? यो प्रश्नको जवाफ कोहीसँग छैन ।

भारतबाट आउने दँधको गुणस्तर जाँच्न नाकामा क्वारेन्टाइन कार्यालय राखिएको छ । कार्यालयसँग दँधको गुणस्तरीय जाँच्ने उपकरण नहुँदा भारतबाट मनोमानी तरिकाले दँध भित्रिरहेको हो ।

क्वारेन्टाइन नेपालगन्जका प्रमुख डा. शितलबाबु श्रेष्ठले भारतबाट जाँच नभई दँध भित्रिरहेको बताउनुभयो । ‘दँधको गुणस्तरीय जाँच्न हामीलाई मिल्क एनालाइजर चाहिन्छ । त्यो हामीसँग छैन,’ क्वारेन्टाइन प्रमुख श्रेष्ठले भन्नुभयो–‘हामीसँग ल्याक्टोमिटर छ, त्यो पनि भरपर्दो छैन ।’

क्वारेन्टाइन प्रमुख श्रेष्ठका अनुसार, अहिले भारतबाट भित्रिने दँधबिना जाँच घरघरमा पुग्ने गरेको छ । कार्यालयसँग दँध जाँच्ने उपकरण नभएकाले व्यवसायीले पनि त्यहाँ सम्पर्क नगरेर सोझै घर–घरमा दँध पु¥याइरहेका छन् ।
भारतबाट भित्रिने दँधको गुणस्तर राम्रो नभएको भन्दै बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दँधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।

क्वारेन्टाइन कार्यालयका अनुसार, नेपालगञ्ज नाकाबाट दैनिक एक हजार तीन सय लिटर दँध भारतबाट भित्रिरहेको छ । भारतबाट भित्रिने दँध घरघरमा पुग्नुका साथै रावडी, दही बनाउन प्रयोग भइरहेको छ । भारतबाट भित्रिने गुणस्तरहीन दँधबाट बनेका परिकार खाना कत्तिको उपयुक्त होला ? खाद्य अधिकार र उपभोक्ता हितका कुरा गर्नेहरुले बुझ्न सकेका छैनन् ।

नेपाली दँध व्यवसायीहरुले भारतबाट भित्रिने दँध गुणस्तरहीन हुने गरेको दाबी गर्छन् । मनिकापुरका आज्ञाराम महतो र होलियाका विश्राम यादवले भारतबाट भित्रिने दँधलाई राम्ररी जाँच गरेर मात्रै भित्रिन दिनुपर्ने बताए । उनीहरुले जथाभावी रुपमा भित्रिने भारतीय दँध बन्द गर्नुपर्ने बताए ।

महतो मनिकापुरबाट दैनिक ४० लिटर दँध बोकेर नेपालगञ्ज आउँछन् । घरघरमा ठेक्कामा दँध बेचेर फर्किन्छन् । होलियाका यादव पनि दैनिक ६० लिटर दँध बोकेर नेपालगञ्ज आउँछन् । र, घरघरमा दिएर जान्छन् ।
महतोले ७ वटा र विश्रामले चार वटा भैसी पालेका छन् । महतो र यादवले आफँहरुले ल्याउने दँध गुणस्तरीय हुने दाबी गरे ।

सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट दँध भित्रिने गर्दछ । राप्तीपारीका केही गाउँबाट नेपाली दँधसमेत भारततिर जाने गर्दछ । सीमावर्ती जिल्ला भएकाले उताको यता र यताको उता दँध जानु स्वभाविकै भए पनि जाँच गरेर भित्रिन दिनुपर्ने आवाज उठ्दै आएको छ । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दँधको गुणस्तर जाँच नभई भित्रिन दिनु र क्वारेन्टाइन कार्यालय भएर पनि दँधको गुणस्तरीय जाँच गर्ने उपकरण नहुनु लाजमर्दो भएको सम्बद्धहरु बताउँछन् ।