८३ अर्बभन्दा बढीको गाडी आयात

0
Shares

काठमाडौं, (नेस)
गत आर्थिक वर्षमा विभिन्न देशबाट ८३ अर्ब रुपियाँभन्दा बढीको सवारी साधन आयात भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार गत आवमा ८३ अर्ब ३० करोड रुपियाँको सवारी साधन आयात गर्दा सरकारलाई १ सय ५ अर्ब रुपियाँ राजस्व प्राप्त भएको छ ।

एसोसिएसनले ४२आंै साधरणसभाका क्रममा सो जानकारी गराएको हो । कार्यक्रममा भौतिक पँर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको राजस्व संकलनमा नाडा अटोमोबाइल एसोसिएसनको ठँलो योगदान रहेको बताउनुभयो ।

हाल नेपालभर साना ठँला गरी करिब २७ लाख सवारी साधन रहेका छन् । उपत्यकामा मात्र दैनिक १० लाख सवारी साधन आवतजावत गर्ने गरेको ट्राफिक महाशाखाको भनाइ रहेको छ ।