बिग्रिएको विमान मर्मत गरी आउँदै

0
Shares

काठमाडौं, (नेस)
डेढ महिनाभन्दा बढी समयदेखि मर्मतका लागि मलेसियामा रहेको ७५७ बोइङ ‘गण्डकी’ विमान सोमबार काठमाडौं अवतरण गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभागले बोइङमा विमान मर्मतको लागि क्वालालाम्पुर पठाएको थियो । विमान काठमाडौ आएपछि माघ १ बाट व्यावसायिक उडान थाल्ने निगमले जनाएको छ ।

विमानको सी–डक्टमा समस्या आएपछि बोइङ मर्मतका लागि थप समय लागेको थियो । अमेरिकाबाट सी–डक्ट आयात गरेकोले मर्मत नभएपछि मलेसियामा पुनः अर्को सी–डक्ट जडान गरेर विमान सञ्चालनयोग्य बनाइएको निगमको भनाइ छ ।

विमानको बिक्रीको लागि फिन्टेक ग्लोबल कन्सल्ट्यान्टले बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर र कममा ४३ लाख ३३ हजार अमेरिक डलरमा कम्पनीले प्रतिवेदन बुझाएको थियो

निगमसँग रहेको १ थान बोइङ गदै गर्न योजनामा निगम रहेको छ । विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको तथा विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो । सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो । हाल निगमले वाइड बडी विमान ए ३३० दुई थान सञ्चालनको गरिरहेको छ ।

बोइङ विमान र वाइड बडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्थापित गर्ने तयारी स्वरुप मँल्यांकन गर्नको लागि कम्पनी छनोट गरेको हो ।
निगमको अन्तर्राष्ट्रिय उडान ५ विमानबाट ८ गन्तव्यमा उडान भरिरहेका छन् । ९ एन–एसीबी कलसाइनको भएको विमानको विमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट रहेका छन् ।