मनराजा एकल साँझमा प्रस्तुत हुँदै

0
Shares

संगीतकार मनराजा नकर्मी एकल साँझमा प्रस्तुत हुने भएका छन्। नकर्मी नेपाल मण्डल टेलिभिजनको आयोजनामा राजधानीमा आयोजना हुने मनराजा नकर्मी एकल साँझ २०७५ मा प्रस्तुत हुन लागेका हुन्।

आगामी माघ ५ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मनराजा नकर्मी एकल साँझमा दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिंजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका गीतहरुमा मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रञ्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाईं, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बु, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरिता शाही, मेनुका पौडेल, प्रकाश तिमल्सिनाले प्रस्तुत गर्नेछन्। साथमा संगीतकार नकर्मीका चर्चित गीतहरूमा लोकप्रिय कलाकारबाट नृत्य प्रस्तुत हुनेछ। जसमध्ये संगीतकार नकर्मीकी नायिका छोरी आशिष्मा नकर्मीले पनि नृत्य प्रस्तुत गर्नेछिन्। एकल साँझ दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकका साथ प्रस्तुत हुनेछ।

हजारौं गीतमा तालवादन र सयौं गीतमा संगीत भरेका मनराजाले नेपाली भाषाका १३ र नेपालभाषाका ९ गीति अडियो एल्बम तथा ३ धून एल्बम बजारमा ल्याएका छन् भने ८ फिल्ममा संगीत दिएका छन्। तबलावादनका गोल्ड मेडालिस्ट नकर्मी थुप्रै प्रतिष्ठित देशी र विदेशी सम्मानबाट सम्मानित हुँदै आएका छन्। ३ दशकदेखि रेडियो नेपालमा सेवारत उनी हाल त्यहाँका मुख्य संगीत संयोजक रहेका छन्।