महाकाली नदीमा पहिलोपटक ¥याफ्टिङ

0
Shares

नेपाल समाचारपत्र, महेन्द्रनगर
महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्रा (¥याफ्टिङ्ग) को परिक्षण गरिएको छ । कञ्चनपुरको भीनपा– ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा ¥याफ्टिङ्ग गरिएको हो । गत आर्थिक वर्षमा नदीमा ¥याफ्टिङ्ग सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो ।

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा ¥याफ्ङ्गि परीक्षण गरिएको छ । महाकाली नदीमा पहिलो पटक परीक्षण गरिएको हो । भारतीय पक्षले नदीमा ¥याफिट्ङ्ग सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन् ।
भीमदत्त नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा ¥याफ्टिङ्ग गराएको छ ।

नेकपाका सुदूरपश्चिम अध्यक्ष एवम् पूर्ण उद्योग मन्त्री कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाही सहित सहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका थिए ।

उनीहरु सहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, कार्यपालिका सदस्य गीता ओली, वडा अध्यक्षहरु परमानन्द जोशी, लाल बहादुर शाही, पत्रकारहरुले मुसेट्टीबाट खल्लासम्म ¥याफ्टिङ्ग गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाली सेनाका मेजर विदुर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक विनोद श्रेष्ठ जलायात्रामा सहभागी भए ।

‘महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौ, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने, ‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौ ।’

कैलालीको कर्णाली ¥याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि.ले नदीमा तीन बोटमा पूर्व मन्त्री थापा सहितका सहभागीलाई चढाएर साहसित्र जलयात्रा गराएको छ । महाकाली किनारमा पूर्व उद्योग मन्त्री थापा सहित सहभागी सबैले गोलो घेरा बनाएर महाकाली नदीको बहुउपयोग गरी समृद्ध भीमदत्त बनाउने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै ¥याफ्टिङ्ग सुरु गरिएको हो ।