धुले उडानलाई निरन्तरता दिने तयारी

0
Shares

अनिल खत्री, गुल्मी
गुल्मीको रेसुङ्गा बिमानस्थलबाट छिट्टै धुले उडानले निरन्तरता पाउने भएको छ । रेसुङ्गा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको लागि केहि निर्माणका काम सम्पन्न हुन साथ धुले उडानले निरन्तरता दिने तयारी भइरहेको निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

उनले धुले उडानको लागि नेपाल नागरिक उड्यान प्राधिकरणसँग छलफल भइरहेको बताए । केहि दिन पहिले प्राधिकरण र पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटेर नियमित धुले उडान र आगामी बजेटको लागि छलफल गरेको पन्तले बताए । उडानको निम्ति केहि पुरा गर्नु पर्ने निर्माणको काम बाहेक अन्य समस्या नरहेको अध्यक्ष पन्तको भनाइ छ । परिक्षण उडान सम्पन्न भएको छ अध्यक्ष पन्तले भने, ‘धुले उडान निमित गर्नको निम्ति पनि अब छिट्टै सुरु हुन्छ यो मिति बाट अहिले नभनौं ।’

अहिले चलिरहेको निर्माण कार्य सम्पन्न भएपछि मात्रै अरु टावर लगायतका निर्माणको निम्ति बजेट आउने अध्यक्ष पन्तले बताए । परिक्षण उडान पछि नियमित उडानबारे धेरैको चासो वढेको छ अध्यक्ष पन्तले भने, ‘नियमित उडान कसरी गर्ने बारे ध्यान दिइरहेका छौं ।’ नियमित उडानका लागि थुप्रै काम बाँकी भएको सुनिल समिर निर्माण सेवाका प्रमुख नारायण पोखरेलले बताए ।

उनले अहिलेसम्म वेस निर्माणकै काम भएकाले रनवे, टावर, ग्राभेल र सुरक्षाको काम त्यतिकै रहेको बताए । ती सवैको लागि ठूलो रकम आबश्यक पर्ने बताए । बन्दै गरेको बिमानस्थलले गुल्मीवासी धेरै खुसि पनि जगाएको छ । एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरे पनि नियमित उडान भने हुन सकिरहेको छैन् । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गरेका थिए । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो ।