विद्यार्थी नेता अभिमन्यु लागूऔषध मुद्दामा पक्राउ

94
Shares

विराटनगर, (नेस)
विराटनगरः महेन्द्र मोरंङ क्याम्पस विराटनगरका अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारत तर्फबाट लागूऔषध ओसारपसार गर्ने नाइके भएको भन्दै उनीमाथि अनुसन्धान शुरु भएको छ ।

रानी भन्सारमा भएको प्रहरी जाँचका क्रममा सशस्त्र सीमा प्रहरी कार्यालयका सुरक्षाकर्मीले मातृका यादव भन्ने व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको थियो । यादवलाई विभिन्न नामका ५ सय सिसी लागूऔषधसहित भेटेपछि सशस्त्रले लागूऔषधसहित नेपाल प्रहरीलाई बुझाएको थियो ।

नेपाल प्रहरीको अनुसन्धानको क्रममा लागूऔषध बोकेका मातृका यादवले आफू भरिया मात्र भएको बयान दिएका थिए । यादवले बयानका क्रममा अभिमन्युको नाम लिएपछि उनीमाथि कल डिटेल लगायतका अन्य प्रारम्भिक अनुसन्धान गरिसकेपछि पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

जोगबनी नाकाबाट झोलामा ल्याउँदै गरेको अवस्थामा मातृका यादवबाट ५ सय सिसी लागूपदार्थ भेटिएकाले कारवाहीको लागि नेपाल प्रहरीमा पठाएको सशस्त्र सीमा प्रहरी कार्यालयले जनाएको छ ।